Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सार्वजनिक सवारीसाधनमा भाडादर अनिवार्य टाँस्नुपर्ने

सार्वजनिक सवारीसाधनमा भाडादर अनिवार्य टाँस्नुपर्ने

काठमाडौं, २१ मंसिर । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछिबागलुङ जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ। तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्नेगरी नटाँसेको र बढी भाडा लिएको पाइएमा सवारी धनीलाई कारबाही गरिने समितिले जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ। समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको छ ।

‘सवारीसाधनमा भाडादर टाँस्नुपर्ने नियम पहिल्यै आएको भएपनि कार्यान्वयनमा आउन सकिरहेको थिएन, अब अनुगमन बढाउँने समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिङ्ग थापामगरले जानकारी दिए । अनुगमनमा कमजोरी भेटिएमा कानुनअनुसार कारबाही हुने उनको भनाइ छ । यातायात समिति र व्यवसायीलाई पनि राखेर भाडादरबारे उठेका गुनासा समाधानका लागि पहल र समन्वय गरिने प्रमुख थापामगरले बताए।

समितिले कोरोना सङ्क्रमणको जाखिमलाई ध्यानमा राखी सवारीसाधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न÷गराउनसमेत सरोकार भएका सबै पक्षलाई अनुरोध गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x