Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

खाद्य ऐन विपरीत गतिविधि बढ्यो : २६ उद्योग कारबाहीमा, ३४ उद्योगको उत्पादनमा रोक

खाद्य ऐन विपरीत गतिविधि बढ्यो : २६ उद्योग कारबाहीमा, ३४ उद्योगको उत्पादनमा रोक

काठमाडौं, २५ मंसिर । पछिल्लो समय दैनिक उपभोग्य वस्तुमा मिसावट, कम गुणस्तर लगायत खाद्य ऐन विपरीत गतिविधि बढेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्षको प्रथमम चौमासिक अवधिमा खाद्य वस्तुमा कैफियत देखिएका २६ उद्योगलाई कारबाही गरेको छ । विभागले दूषित खाद्य उत्पादन गर्ने उक्त उद्योगहरूलाई खाद्य ऐनअनुसार कारबाहीका लागि मुद्दा दायर गरेको हो ।
विभागका अनुसार मुद्दा दायर हुनेमा हुनेमा सबैभन्दा बढी प्रशोधित पानी उद्योग, दाना, तेल, खाद्यान्न उद्योग रहेको छ । पछिल्लो समय बजारमा दूध, पानी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा बढी मिसावट हुने गरेको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनको भनाइ छ । बजारमा विक्री–वितरण हुने दूध, पानी र खाद्यान्नको नमूना परीक्षण गर्दा स्वाथ्यलाई प्रतिकुल असर पर्ने गरी उत्पादन गरेको पाइएको विभागको अध्ययन प्रतिवेदनले देखाएको छ ।
चालू आवको कात्तिक मसान्तसम्ममा विभागले खाद्य ऐनविपरीत उत्पादन गर्ने ३४ वटा खाद्य उद्योगको उत्पादनमा प्रतिबन्ध लगाएको छ । सो अवधिमा बजार अनुगमन गरेर १ हजार १८९ नमूना संकलन गरेर विश्लेषण गर्दा ७० नमुना मापदण्ड विपरीत पाइएको विभागले बताएको छ, जसमा पिउने पानीका २१, दानाका १६, तेल तथा तेलजन्य नमुना १४, खाद्यान्न १० वटा र अन्य रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x