हिमालयन बैंकको २८ औं साधारण सभा पुस २७ मा
काठमाडौं, ६ पुस । हिमालयन बैंक लिमिटेडको २८औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । उक्त सभामा बैंकको अधिकृत पूँजी १२ अर्ब रुपैयाँबाट वृद्धि गरि १५ अर्ब रुपैयाँ पु¥याउँने प्रस्ताव पेश गरिने छ ।
हाल बैंकको चुक्तापूँजी ९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै चुक्तापूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पेश गरिने छ ।