Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

महासंघमा पहिलो पटक पुँजी बजार फोरम गठन

महासंघमा पहिलो पटक पुँजी बजार फोरम गठन

काठमाडौं, ६ पुस । नेपाल उद्योग वाणिज्य महासंघमा पुँजी बजार फोरम गठन गरिएको छ। महासंघका केन्द्रि सदस्य एवं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा पुँजी बजार फोरम गठन गरिएको हो ।

८ सदस्यीय पुँजी बजार फोरमलाई यो क्षेत्रमा छुट्टै पहिचान र विज्ञता भएका व्यक्तित्वहरुलाई सहभागी गराई पूर्णता दिने बताइएको छ।

सभापतिको जिम्मेवारी पाएसँगै पौडेलले कार्य क्षेत्र र जिम्मवारीलाई पूर्ण रुपमा कार्यान्वयन गरी २७ खर्ब भन्दा बढीको पुँजी बजारको विकास र विस्तारको लागि काम गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुँजी बजार लगानीकर्ताहरुको खबरदारीको अपेक्षा गरेको छु । आगामी दिनहरुमा पुँजी बजारको विकास र विस्तारको लागि अझ बढि सहयोग र विश्वासको अपेक्षा गरेको छु ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x