Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य समायोजन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य समायोजन

काठमाडौं, ९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ६१२ रुपैयाँ तोकेको छ ।

कम्पनीको बुधवार कायम अन्तिम शेयरमूल्य ६५५ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न पुस २४ गते ३४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले एभरेष्ट होटल नयाँ बानेश्वरमा साधारणसभा बोलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x