Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

२८ जिल्लाका ५ प्रतिशत जनतामा स्वास्थ्य बीमा कार्यक्रम

२८ जिल्लाका ५ प्रतिशत जनतामा स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं, २३ फागुन । नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा २८ जिल्लाका ५ लाख ८६ हजारले बीमा गराएका छन् । यो संख्या सो जिल्लाको कुल जनसंख्याको ५ प्रतिशत हो । यो अवधीमा बीमा गराएका मध्ये १ लाखले स्वास्थ्य सेवा समेत लिइसकेका छन् । चालु आर्थिक वर्ष भित्रमा ४० जिल्लामा कार्यक्रम संचालन गर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सरकारले आगामी दुई वर्ष भित्रमा नेपालक ासबै नागरिकलाई कार्यक्रममा समेटिने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०६९÷७० को बजेट भाषणमार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त आवमा कार्यक्रम अगाडि बढाउने कार्य शून्यप्राय रहे पनि आव २०७०÷७१ को बजेटमा सरकारले पुनः स्वास्थ्य बिमा नीति जारी गरी ५ वर्ष भित्र देशभर स्वास्थ्य बिमा कार्यक्रम पु¥याउने योजना प्रस्तुत गरेको थियो । उक्त आवमा कार्यक्रम सुरु नभए पनि स्वास्थ्य बिमा नीति भने जारी गरिएको थियो ।

यो बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन संघीय संरचना अनुसार गठित प्रदेशमा बोर्डको शाखा कार्यालय र स्थानीय तहमा दर्ता अधिकारी र तोकेर काम गर्ने बताइएको छ।  यस कार्यक्रमबाट गत आर्थिक वर्षमा ६ करोड १३ लाख रुपौयँ बीमा शूल्क संकलन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x