Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यूनाइटेड इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न

यूनाइटेड इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ७ माघ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २६ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहको विवरण पारित गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६÷७७ का लागि बाह्य लेखापरीक्षकमा मदन कुमार निरौलालाई पुन नियुक्त गरेको छ ।

साथै बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x