Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एक दिनको करेक्सनपछि पुनः उकालो लाग्यो शेयर बजार, ६ अर्ब २१ करोडको कारोबार

एक दिनको करेक्सनपछि पुनः उकालो लाग्यो शेयर बजार, ६ अर्ब २१ करोडको कारोबार

काठमाडौं, ७ माघ । मंगलबार एक दिन करेक्सन देखिएको शेयर बजार बुधबार (आज) भने उकालो लागेको छ । लगातार उकालो लागेर मंगलबार ५.५७ अंकले घटेको बजार आज भने पुनः १५.८७ अंक बढेर २३४२.७६ विन्दुमा रोकिएको हो ।

२११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ८५२ कित्ता शेयर ६ अर्ब २१ करोड ९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज १५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ६१ करोड ४० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । हिजो पनि नेपाल लाइफ कै सर्वाधिक मूल्यको शेयर खदि विक्री भएको थियो । हिजो यो कम्पनीको ९१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा बैंकिङ्ग समूह ०.१४ प्रतिशत, उद्योग समूह ०.३ प्रतिशत, होटेल समूह १.१२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.०५ प्रतिशत र अन्य समूह ०.६४ प्रतिशत रहेका छन् ।

सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक ४.६७ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x