Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

कोभिड संक्रमणको एक वर्षपछि नेपालमा खोप, अग्रपंक्तिमा खटिनेलाई पहिलो प्राथमिकता

कोभिड संक्रमणको एक वर्षपछि नेपालमा खोप, अग्रपंक्तिमा खटिनेलाई पहिलो प्राथमिकता

काठमाडौं, ८ माघ । नेपालमा संक्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । अक्सफोर्ड र अस्त्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप भारत सकारको अनुदानमा नेपाल आउन लागेको हो ।
काठमाडौंमा आज ११ः४५ मिनेटमा एयर इन्डियाको जहाजबाट आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ । भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।
स्वास्थ्य मन्त्रालयले खोप भण्डारणदेखि वितरण र लगाउनेसम्मका सबै तयारी पूरा भएको जानकारी दिएको छ । खोप लगाउन करिब १५ हजार स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।
सरकारले पहिलो चरणमा खोप पहिलो अभियानमा पर्ने ३ प्रतिशत अर्थात् ६ लाख ४८ हजार फ्रन्टलाइनर (अग्रपंक्तिमा रहेर काम गर्ने)लाई खोप दिने तयारी गरेको छ । अभियानको शुरुवाती चरणमा प्राथमिकतामा पर्नेहरूमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापक, सुरक्षाकर्मी रहनेछन् । कोरोना महामारी विरुद्ध खटिनेहरूलाई खोप दिइसकेपछि जोखिम रहेका व्यक्तिलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।
सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन भएअनुसार अहिले कोभिशिल्ड खोप भारतबाट ल्याई नेपालमा प्रयोग गर्न थालिएको हो ।
खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोप लगाउनका डब्लुएचओको सूचीकृत हुनुपर्ने अनिवार्य छैन । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथो नेपालको औषधि व्यवस्थापन विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x