उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा प्रधान विजयी

काठमाडौं, २५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला, नगर तर्फको उपाध्यक्षमा किशोर प्रधान बिजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानले उनका निकटतम प्रतिस्प्रर्धी निरक केसीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन ।
९८ मत खसेकोमा प्रधानले ६५ मत प्राप्त गरे भने केसीले ३३ मत प्राप्त गरेका थिए । प्रधान यसअघि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित भएका थिए ।