राष्ट्रिय सभामा मनोनित युवराज खतिवडा सहित तीन जनाले सपथ लिए

काठमाडौं, २५ फागुन । राष्ट्रियसभामा मनोनित तीन सांसदले सपथग्रहण गरेका छन् । संसद सचिवालयमा राष्ट्रिय सभाको जेष्ठ सदस्य तारादेवि भट्ट समक्ष अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलले सपथ लिएका हुन ।
तीनजनाको सपथ ग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेश खारेज गरेपछि उनीहरुको सपथको बाटो खुलेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफरिसमा परेका तीनजनाले केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा गरेको सिफारिस बदर गर्न माग गर्दै उनीहरु अदालत पुगेका थिए ।