Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

‘नेपाल ट्रेड इन्फर्मेशन पोर्टल’ सञ्चालनमा, आयात निर्यात सहजीकरणमा टेवा पुग्ने

‘नेपाल ट्रेड इन्फर्मेशन पोर्टल’ सञ्चालनमा, आयात निर्यात सहजीकरणमा टेवा पुग्ने

काठमाडौं, १४ माघ । व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरलरुपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘नेपाल ट्रेड इन्फर्मेशन पोर्टल’को शुभारम्भ गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो

पोर्टलको मंगलवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुभारम्भ गरे । नेपालको निर्यात व्यवसायसम्बन्धी सम्पूर्ण जानकारीलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उक्त पोर्टलको शुरुवात गरेको हो ।

सम्पूर्ण व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी सङ्घ, संस्था तथा सरकारी निकायलाई सूचना उपलब्ध गराउन उक्त पोर्टल सञ्चालनमा ल्याइएको केन्द्रले बताएको छ । पोर्टलबाट व्यापार व्यवासय गर्न चाहनेलाई अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा जानकारी प्रवाह हुने, विश्वको कुनै पनि कुनामा बस्ने सेवाग्राहीले नेपाली निर्यातयोग्य वस्तुको माग र पोर्टलमा प्रविष्ट भएका वस्तु एवं व्यावसायिक प्रोफाइल सहजरूपमा प्राप्त गर्न सक्नेछन् ।

यसबाट नीति निर्माता, सरकारी एवं निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन तथा अध्यापन गर्नेलाई सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । पोर्टलको शुभारम्भ गर्दै मन्त्री भट्टले निजी क्षेत्रलाई सहजीकरण गर्नेमा सरकारको ध्यान केन्द्रित भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x