Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

ऊर्जामा सबैभन्दा बढी लगानी प्रतिबद्धता

ऊर्जामा सबैभन्दा बढी लगानी प्रतिबद्धता

काठमाडौं, १५ माघ । नेपालको ऊर्जा क्षेत्रका उद्योगमा अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा स्वदेशी एवं विदेशी लगानीकर्ताले ऊर्जामा ५३ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका छन् । ऊर्जाका १३ वटा उद्योग स्थापनाका लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।

गत आर्थिक वर्षको सोही समयमा ऊर्जा क्षेत्रमा ५२ अर्ब ९९ लाख रुपैयाँ बराबरकोे लगानी प्रतिबद्धता आएको थियो थियो ।

ऊर्जापछि धेरै लगानी प्रतिबद्धता उत्पादनमूलक उद्योगका लागि आएको छ । यस क्षेत्रमा ६ अर्ब ५१ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । यस्तै कृषि तथा वन पैदावारमा ३ अर्ब ४० करोड २९ लाख, पर्यटनमा ३ अर्ब ३६ करोड ५७ लाख, सेवामूलकमा ३ अर्ब ३५ करोड ७८ लाख, पूर्वाधारमा १ अर्ब ५७ करोड ४४ लाख, खनिजमा १२ करोड ३४ लाख र ६५ करोड रुपैयाँ सूचना, सञ्चार तथा प्रविधिमा लगानी गर्ने प्रतिबद्धता आएको छ ।

गत आवको सोही अवधिमा लगानीकर्ताले उत्पादनमूलक उद्योगमा १२ अर्ब ९८ करोड, कृषि तथा वन पैदावारमा ७४ करोड १४ लाख, पर्यटनमा १६ अर्ब ६३ करोड ६२ लाख, सेवामा ६ अर्ब ४९ करोड ५ लाख र सूचना, प्रसारण तथा सञ्चार प्रविधि उद्योगमा दुई अर्ब ४५ करोड लगानी गर्ने प्रतिबद्धता गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x