Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु

पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु

माघ २१, बुटवल । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा टुरिजम् रिकोभरी टास्कफोर्स (टीआरटीएफ नेपाल)ले आजबाट पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धि पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम लुम्बिनी प्रदेशको बुटवलबाट सुरु गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धी प्रोटोकोलको प्रशिक्षकहरू (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य राखेर टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका साीइओ सुरेश सिंह बुडालले प्रशिक्षण प्रदान गरिरहेका छन । यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम रुपन्देही, दांग, बाँके, सुर्खेत, र कैलाली गरी यहि फागुन १ गते का दिन धनगढीमा सम्पन्न हुनेछ।

नमुनाका रुपमा सुरु गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालीकामा पाँच जना प्रशिक्षक तयार गरी उनीहरु मार्फत प्रत्येक नगरपालीकामा पर्यटन संग सम्बन्ध राख्ने २ सय ५० जना स्थानीय साना तथा मझौला उद्यमीहरुलाई प्रशिक्षित गरिनेछ । फलस्वरुप यस अभियानको प्रारम्भिक योजना अनुुरुप पश्चिम नेपालमा कूल २ हजार ७ सय ५० सेवा प्रदायक तथा व्यवसायीहरुलाई स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी एक महिना भित्र प्रशिक्षित गरिने जानकारी दिइएको छ ।

विगत देखिनै सरसफाई र स्वच्छता प्रमुख चुुनौती रहेको र कोरोना महामारी पछि स्वास्थ्य सुरक्षा मुख्य चासो रहेको सन्दर्भमा स्वच्छर सफा नेपाल बनाई नेपालकोसुुन्दर छवी स्थापित गर्ने उद्देश्यले सुरु गरिएको यो नमुुना अभियान निकै प्रभावकारी रहने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x