सुनको मूल्य ६ सय घट्यो
काठमाडौं, २१ माघ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सय रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ थियो ।
बुधवार चाँदीको मूल्य पनि घटेको छ । हिजोको तुलनामा ८० रुपैयाँले बढेको चाँदी तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।