Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेलम्ची खानेपानी आयोजना : ‘हेबबक्स’ निर्माण चैतसम्ममा सकिने

मेलम्ची खानेपानी आयोजना : ‘हेबबक्स’ निर्माण चैतसम्ममा सकिने

काठमाडौं, २६ माघ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण दुई महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ‘हेडबक्स’ को निर्माण गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि कोभिड महामारीका कारण ढिलाइ भएको आयोजनाले बताएको छ । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तको भनाइ छ ।

अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरी सकिने उनले बताए । उनका अनुसार हेडबक्समा कंक्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको भने विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।

गतवर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको बताइएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै स्थानीय तहले मालवाहक सवारी साधनको आवतजावतसमेत रोकेका थिए । त्यो अवधिमा काम पूरै ठप्प नभए पनि सुस्त भएको सूचना अधिकारी पन्तले बताए ।

नेपालमा कोभिड संक्रमण कम हुँदा आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढाइएको थियो । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडबक्स’ को बाँकी काम अघि बढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x