Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

माटोको सातौं आउटलेट बानेश्वरको बुद्धनगरमा

माटोको सातौं आउटलेट बानेश्वरको बुद्धनगरमा

काठमाडौं, २७ माघ । गोल्यान ग्रुपद्वारा प्रवद्धित माटो ब्राण्डको सातौं आउटलेट बानेश्वरको बुद्धनगरमा सञ्चालनमा आएको छ । मंगलबारदेखि नयाँ बानेश्वरबाट बुद्धनगर झर्ने ओरालोमा कृषि सामग्री बिक्री बितरण गर्ने माटो ब्राण्डको सातौं आउटलेट सञ्चालमा आएको हो । सप्तरीका १९ वर्षीय किशोर आशिष कुमार यादव उक्त फ्रन्चाइज स्टोरको सञ्चालक भएका छन् ।

उक्त आउटलेटको उद्घाटन गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान र तिनै किशोरले संयुक्त रुपमा माटोको सातौं आउटलेट उद्घाटन गरे । गोल्यानको कृषि क्षेत्रप्रतिको उत्प्रेरणा र संरक्षकत्व पाएका आशिषले हिमालयन बैंकबाट १० लाख रुपैयाँ ऋण लिए अनि गोल्यान ग्रुपले प्रवद्र्धन र बजारीकरण गरिरहेको माटो ब्राण्डको आउटलेट सञ्चालनमा ल्याए ।

आगामी दिनमा ललितपुर, भक्तपुर र काठमाडौंलाई समेट्ने गरी १०० वटा स्टोर खोल्ने योजना रहेको अध्यक्ष गोल्यानले बताए ।

कृषि क्षेत्रमा केही गरेर देखाउने सोचका साथ उद्योग व्यवसायबाट बिश्राम लिएको बताउने गोल्यान देशका कृषकहरुलाई आत्मनिर्भर बनाउँदै स्वदेशी कृषि उत्पादनको प्रवद्र्धनको अभियानमा लागेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x