Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

एनआईसी एशिया बैंकको भ्यालेन्टाइन्स डे अफर

एनआईसी एशिया बैंकको भ्यालेन्टाइन्स डे अफर

काठमाडौं, २८ माघ । फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन्स डेको अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि ‘सेलिब्रेट लभ विथ एनआइसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकले ग्राहकहरूलाई लक्षित गरी मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आईपीजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डे दिन डिनरको आकर्षक अवसर प्रदान गर्ने बताइएको छ ।

२०७७÷१०÷२८ गतेदेखि २०७७÷११÷०१ गतेसम्म सञ्चालन हुने यस योजनाअन्तर्गत मोबाइल बैंकिङ्ग सेवामार्फत क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पोसद्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत छनौट गरी डिनरका लागि समावेश गरिनेछ । योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहक महानुभावहरूलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहक महानुभावहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट हुनुभएका ग्राहक महानुभावहरूको लागि उहाँहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिनेछ ।
उल्लिखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १÷१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ । त्यसैगरी नयाँ ग्राहक महानुभावहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x