Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाडौं, २८ माघ । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । प्रतियोगितामा बिल भुक्तानी १ तर्फ विराटनगरका लकेश दंगल र भक्तपुरका मन्दिप बखुन्छे बिजेता भएका छन्। यसैगरी बिल भुक्तानी २ शिर्षकमा पोखराका विकास त्रिपाठी बिजेता भएका छन्।

कार्ड सेवा शिर्षकमा काठमाडौंका सन्तोष शाक्य कार्ड रहित नगद निष्कासन शिर्षका भरतपुरका भुवन तिवारी बिजेता बनेका छन्। नगद ट्रान्सफर शिर्षकमा मुस्ताङका छेवाङ गुरुङलाई छनौट गरिएको बैंकले जनाएको छ।

यस अघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागी हरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।

माई मोबाईल मनि प्रतियोगितामा भने ५ वटा विभिन्न शिर्षकमा सहभागीहरुले भिडियो पठाउनुपर्ने नियम थियो। प्रत्येक शिर्षकमा ३ मिनटसम्मको १–१ गरी कुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागीहरुले प्रत्येक शिर्षकमा पचास हजार गरी २ लाख ५० हजारसम्म जित्ने अवसर थियो।

प्रतियोगितामा विभिन्न क्षेत्रहरुबाट २ सय ५० भन्दा बढी भिडियो प्रस्तुत भएकोमा दुईवटा भिडियोलाई बिजेता घोषणा गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x