Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैद्यकोे सभापतित्वमा व्यापार समिति विस्तार

बैद्यकोे सभापतित्वमा व्यापार समिति विस्तार

काठमाडौं, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यकोे सभापतित्वमा व्यापार समिति विस्तार भएको छ । उक्त समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यहरू ओम प्रकाश बंशल, शिव प्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ रहेका छन् ।
समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमल सुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्य समिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सहसचिव पशुपति देव पाण्डे छन् ।

त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य देव कुमार श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्य रुपेन्द्रराज शाक्य, पोखरा उवासंघका उपाध्यक्ष अर्जुन पोखरेल,नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेल, देउखुरी उवासंघका अध्यक्ष रत्न श्रेष्ठ,नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल, उर्लावारी उवासंघका अध्यक्ष प्रितम खडगी, स्याङजा उवासंघका मानार्थ सदस्य भिमकुमार श्रेष्ठ, नेपाल फ्रेटफरवाडर्स एसोसिएनका सचिव राजेन्द्र संग्रौला, काभ्रे उवासंघका उपाध्यक्ष राजेन्द्र पसाछें हुनुहुन्छ । समितिका सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू आनन्द अग्रवाल बगाडिया, भरतराज आचार्य, शाहिल अग्रवाल, संदिपकुमार अग्रवाल र नेपाल भारत व्यापार तथा पारवहन परियोजनाका हिमाल थापा रहेका छन् ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै आजै महासंघको वैदेशिक रोजगार फोरम विस्तार पनि विस्तार भएको छ । महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेकोे सभापतित्वमा वैदेशिक रोजगार फोरम विस्तार भएको हो । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x