Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

राष्ट्रिय वाणिज्य बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न, ४.५० प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न, ४.५० प्रतिशत लाभांश पारित

काठमाडौं, २८ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट बुधवार सम्पन्न भएको छ । सभाले ४.५० प्रतिशत लाभांशसहित आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनीहरूको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति थियो ।

अध्यक्ष शर्माले प्रस्तुत गरेको प्रतिवेदन माथि शेयरधनीहरु अमृतनाथ रेग्मी, डम्मरु बल्लभ घिमिरे, रामगोपाल महर्जन र सुन्दरमान श्रेष्ठले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारणा राखेका थिए । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष शर्माले जवाफ दिएका थिए ।

साधारणसभामा बैंक संचालक समितिका सदस्यहरु जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनालको उपस्थिति थियो । यस्तै महालेखापरीक्षकको कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्ष÷पदाधिकारीहरु, आरबिबि मर्चेन्ट बैंकिङ्ग लि.का प्रमुख कार्यकारी अधिकृत लगायतका अतिथिहरु उपस्थित थिए । बैंकको हाल ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x