Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लक्ष्मी बैंकद्वारा स्मार्टफोन लोन सेवा सुरु

लक्ष्मी बैंकद्वारा स्मार्टफोन लोन सेवा सुरु

काठमाडौं, ४ फागुन । लक्ष्मी बैंकले एफ्वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोनमा योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सक्ने छन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने बैंकले जनाएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो ।

यो कर्जा पुरै डिजिटल मैत्री भएकाले कुनै कागज–पत्र तथा निवेदन बिना नै लिन सकिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x