Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहित अध्ययन गरिँदै

उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहित अध्ययन गरिँदै

काठमाडौं, १७ फागुन । उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच यस विषयमा आइतवार द्विपक्षीय समझदारी भएको छ ।

समझदारीअनुसार कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुने व्यवस्था गरिएको छ । दुवै संस्थाले आगामी ६ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगसँग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिबद्धता जनाएको महासंघले बताएको छ । आपसी सहमतिअनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरको खोजी र पहिचान गर्ने तथा औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगको सञ्चालनका क्रममा देखा पर्ने समस्या, गुनासा दुवै संस्थाको पहलमा सम्बोधन गरिने भएको छ ।

उद्योग व्यवसायको निरन्तर सञ्चालनमार्फत दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजसव वृद्धि र रोजगारी सिर्जनामा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । यस्तै रणनीति कार्ययोजना निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनःस्थापना गर्न अधिकतम प्रयास गर्नेछ ।
त्यसैगरी गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रमा ठोस कार्य गर्न दुवै संस्थाबीच विभागको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने समझादारीपत्रमा उल्लेख छ ।

सोही समितिमार्फत नियमित रूपमा दुवै संस्था एकै ठाउँमा रही बैठक छलफल गर्ने, संकलित तथ्यांकको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचार प्रसार र समन्वयका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलाई आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x