Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योती लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

ज्योती लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ फागुन । ज्योति लाइफ इन्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

फागुन २१ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ ४ः४७ बजेसम्ममा १५ लाख ७० हजार ४१४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५.६३ गुणा बढी आवेदन जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x