Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजना

शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजना

काठमाडौं, २६ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २७.७७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २ हजार ५२ रुपैयाँ तोकेको छ ।

कम्पनीको हिजोको कायम भएको अन्तिम शेयरमूल्य २ हजार ६ सय २२ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो । लाभांश तथा साधारण सभा प्रयोजनार्थ आज बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले २७.७७ प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न चैत ९ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x