Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेञ्चुरी बैंकद्वारा बनेपाको उज्यालो महिला समाजलाई कम्प्युटर प्रदान

सेञ्चुरी बैंकद्वारा बनेपाको उज्यालो महिला समाजलाई कम्प्युटर प्रदान

काठमाडौं, २६ फागुन । सेञ्चुरी कमर्सियल बैंकले बनेपाको उज्यालो महिला समाजलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकले आफ्नो सेवाको १० औं वर्ष पूरा गरी ११ औं वर्ष प्रवेशको अवसरमा धुलिखेल र बनेपा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

बैंकका रिलेसनसिप म्यानेजर हरिकृष्ण दाहालको उपस्थितीमा धुलिखेल शाखा प्रमुख दीपक ढुंगाना र बनेपा शाखा प्रमुख अनिश थापाले संयुक्तरुपमा समाजको अध्यक्ष रुकमणि सिग्देल तिमल्सिनालाई कम्युटर हस्तन्तरण गरेका हुन ।

बैंकले आज आफ्नो १० औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदै छ।

हाल बैंकले मुलुकका विभिन्न भु–भागमा कुल १ सय २२ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर, २२ वटा शाखारहित बैंकिङ्ग र ८८ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x