Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेन्चुरी कमर्सियल बैंकको १० औं वर्ष पुरा

सेन्चुरी कमर्सियल बैंकको १० औं वर्ष पुरा

काठमाडौं, २६ फागुन । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले १०औं वार्षिकोत्सव मनाएको छ । बैंकले बुधबार केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रम मनाएको हो ।
१०औं वार्षिकोत्सवको अवसरमा बोल्दै बैंकका सञ्चालकहरुले सेन्चुरी बैंक कान्छो बैंक भएपनि अब जिम्मेवारी बढेको बताए ।

बैंकले स्थापना कालदेखि हालसम्म योगदान पु¥याएका कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरेको छ । बैंकले १० औं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखा कार्यालयहरुबाट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरेको छ ।

हाल बैंकले १२२ शाखा कार्यालय, १० वटा एक्टेन्सन काउन्टर, २० वटा शाखा रहित बैंकिङ सेवा र ८८ वटा बैंकिङ सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x