१४८ मुलुकसँग नेपालको वैदेशिक व्यापार, ३८ देशमा निर्यात शून्य !
काठमाडौं, २६ फागुन । निर्यातको तुलनामा दशौं गुणा बढी आयात गर्दै आएको नेपालको अधिकांश मुलुकसँग व्यापार घाटा छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनाकै वैदेशिक व्यापारको स्थिति हेर्ने हो भने निर्यातभन्दा ११.५० गुणा बढी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
सो अवधिमा कुल १४८ मुलुकसँग नेपालको वैदेशिक व्यापार भएको छ, जसमध्ये १०० वटा देशसँग मात्र नेपालको आयात–निर्यात दुवै भएको छ भने ३८ मुलुकमा नेपालको निर्यात शून्य रहेको छ ।
अनौंठो त यो छ कि नेपालले वस्तु तथा सेवा आयात गरेका, तर निर्यात शून्य रहेका देश अधिकांश आम नेपालीले नामै नसुनेका समेत छन् । एन्टिगुवा तथा बर्मुडा, बेनिन, क्याप भेर्डे, कोकोस आइसल्याण्ड, कोमोरोस, एल साल्भाडोर, गाबोन जस्ता दर्जनौं देशबाट समेत नेपालमा लाखौं रुपैयाँ बराबर सामग्री भित्रिएका छन् । यी देशसँग मुलुकको व्यापार घाटा शतप्रतिशत रहेको छ ।
चालू आवको माघसम्ममा नेपालले वस्तु तथा सेवा आयात गरेका, तर निर्यात एक कौडीको पनि हुन नसकेका मुलुकहरू यस्ता छन् ः
अल्बानिया, बेलारुस, बोलिभिया, बोत्स्वाना, क्यामरुन, कोस्टारिका, डोमिनिकल रिपब्लिक, इक्वेडर, फिजी, ग्रेनाडा, ग्वाटेमाला, जोर्डन, माडागास्कार, मालाभी, मंगोलिया, मोजाम्बिक, निकारागुवा, ओमान, पपुवा न्यू गिनी, पाराग्वे, रिपब्लिक अफ मोल्डोभा, सर्बिया, सेचेलेस, सियोरा लियोन, स्वाजिल्याण्ड, फुटुवा आइसल्यान्ड, एन्टिगुवा तथा बर्मुडा, बेनिन, क्याप भेर्डे, कोकोस आइसल्याण्ड, कोमोरोस, एल साल्भाडोर, गाबोन र नाम नखुलका अन्य