Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

काठमाडौं, १ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले देवकोटालाई सीईओ चयन गरेको हो ।

उनले दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका थिए । सिटिजन्स बैंकमा स्थापनाकालदेखि नै आवद्ध रहेका देवकोटा २०७६ बैशाख १ गतेदेखि सिटिजन्समा डेपुटी सीईओको रुपमा कार्यरत थिए । सिटिजन्सअघि उनी नेपाल बैंकमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रमा उनी २५ वर्षदेखि सक्रिय छन् । देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x