Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

७ महिनाको वैदेशिक व्यापार : आयात झीनो अंकले बढ्दा निर्यातमा उल्लेख्य वृद्धि

७ महिनाको वैदेशिक व्यापार : आयात झीनो अंकले बढ्दा निर्यातमा उल्लेख्य वृद्धि

काठमाडौं, ४ चैत । चालू आर्थिक वर्षको माघ महिनामा मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले सो अवधिमा आयात झीनो अंकले बढ्दा निर्यातमा भने उल्लेख्य वृद्धि देखाएको छ ।

आवको सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई रु. ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४७.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आवको सात महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई रु. ८०३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटी रु.७३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x