Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चाँगुनारायनका ३०० युवाहरुले विना ब्याज ३ लाख रुपिया प्राप्त गर्ने

चाँगुनारायनका ३०० युवाहरुले विना ब्याज ३ लाख रुपिया प्राप्त गर्ने

काठमाडौं, ५ चैत्र । चाँगुनारायण नगरपालिकाका ३०० युवाहरुले विना ब्याज ३ लाख रुपैयाँ ऋण प्राप्त गर्ने भएका छन् । युवाहरुको विजनेस प्रपोजलको आधारमा नगरपालिकाको जमानीमा ३ लाख रुपैयाँका दरले विना ब्याज नेपाल बैंकको ऋण उपलब्ध गराउँन लागेको हो ।

नेपाल बैंक, नगरपालिका र राष्ट्रिय युवा परिषद्वारा युवाहरुलाई ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता सम्बन्धी तालिमको आयोजना गरिएको छ ।

उक्त तालिम चैत ३ गतेबाट ९ गतेसम्म सञ्चालन हुने छ । तालिममा सहभागीहरु डकुमेन्टसहित प्रक्रियामा आए प्रस्तावना हेरेर बैंकले लगानी गर्ने बताइएको छ । चाँगुनारायन नगरपालिका मेयर उधमशिलता कार्यक्रम सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x