Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

बैंक अफ काठमाण्डूको मोबाईल बैंकिङ्ग सेवा परिस्कृत

बैंक अफ काठमाण्डूको मोबाईल बैंकिङ्ग सेवा परिस्कृत

काठमाडौं, १२ चैत । बैंक अफ काठमाण्डूले मोबाइल बैंकिङ सेवालाई परिस्कृत गरेको छ। बैंकले बीओके स्मार्ट ओम्नी च्यानल सेवा ग्राहक नरहेका उपभोक्ताहरुले पनि अब उपयोग गर्न सक्ने जनाएको छ। योसँगै बैंकको मोबाइल बैंकिङ सेवाले ग्राहकहरूलाई डिजिटल कारोबार गर्न अझ उत्साहित बनाउने विश्वास लिइएको छ।

हाल बैंकका ग्राहकहरुलाई प्रदान गरिएका मोबाइल बैंकिङ सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्नैपर्ने बाध्यता छ। तर यस बैंकको परिस्कृत सेवा मोबाइल एपबाट मात्र नभइ बिना एप पनि सेवा लिन सकिने छ। यो सेवाबाट ग्राहकहरुले विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाइल नम्बर प्रयोग गरी रकमान्तर गर्न, वालेटहरुमा रकमान्तर गर्न, मोबाइल, इन्टरनेट, टेलिभिजन, विद्युत, खानेपानी तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न सक्ने जनाइएको छ ।

यस्तै, खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहकहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधिहरुसँग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिन, आफ्नो पासवर्ड बिर्सिएमा आफैंले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटीएम सेवाहरुको जानकारी लिन, विदेशी विनिमय दरको जानकारी लिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *