Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उर्जा बचत गर्ने दुई कम्पनीलाई राष्ट्रिय वणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

उर्जा बचत गर्ने दुई कम्पनीलाई राष्ट्रिय वणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

काठमाडौं, १२ चैत । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित इन्र्जी इमरजेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग अन्र्तगत रकम हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया, गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैंया हस्तान्तरण गरेको हो ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान– प्रदान तथा अनुदान रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले हस्तानत्रण गरेका हुन । अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन उनले आह्वान पनि गरे ।

हालसम्म १९ वटा उद्योगहरुलाई ६ करोड ९४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x