Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

उत्तर–दक्षिण त्रिदेशीय सडक : लामाबगर सुरुङमार्गको डीपीआर सम्पन्न

उत्तर–दक्षिण त्रिदेशीय सडक : लामाबगर सुरुङमार्गको डीपीआर सम्पन्न

दोलखा, २२ चैत । उत्तर–दक्षिण त्रिदेशीय सडक अन्तर्गत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ । सडक विभागले उक्त सुरुङमार्गको डीपीआर तयार गरेको हो ।

डीपीआर अनुसार सुरुङ मार्गको लागत २ अर्ब ४६ करोड २३ लाख अनुमान गरिएको छ । डीपीआर तयार भएपछि सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन अर्थ मन्त्रलाय सँग सहमतिको माग गरिएको विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैशीले बताए ।

करिब एक किलोमिटर लामो हुने सुरुङमार्गको चौडाइ १० मिटर तथा उचाइ ६ मिटरको हुनेछ । सुरुङमार्ग फुटपाथ सहितको हुने डीपीआरमा उल्लेख छ । सुरुङमार्गको निर्माण पछि भारतीय सिमानादेखि चीनसम्म सडक मार्गले जोड्न सहज हुनेछ ।

सुरुङमार्ग बनेपछि थप १० किलोमिटर सडक बनाउँदा चिनियाँ सिमाना ङ्याङ्लुङ जोडिँदा व्यापारिक नाका खोल्नसमेत सहज हुने बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा ६१ करोड ५५ लाख ८६ लाख थप बजेट अर्थ मन्त्रालयसँग माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x