Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ट्राफिक जरिवाना अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने

ट्राफिक जरिवाना अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं, २७ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको भएपनि यसलाई निरन्तरता दिदै अझ बढि सहज, सरल र सुबिधायुक्त बनाउन चैत २७ गते शुक्रबारदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको हो ।

प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय खर्चिनु पर्ने बाध्यताको अन्त्य हुने र ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने बताए । ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस) नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु बीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खातामार्फत भुक्तान हुने गरि सिस्टम संचालन गरेको महाशाखाले जनाएको छ ।

आजदेखी थप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिदै जाने महाशाखाको योजना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x