Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सन्राइज बैंकको नँया वर्षमा ‘२०७८ रुपैयाँ क्यास ब्याक धमाका’

सन्राइज बैंकको नँया वर्षमा ‘२०७८ रुपैयाँ क्यास ब्याक धमाका’

काठमाडौं, २७ चैत । सन्राइज बैंक लिमिटेडले नँया वर्षलाई उल्लासमय बनाउन ग्राहकहरुलाई क्यास ब्याक योजना ल्याएको छ । बैंकले २०७८ वैशाख १ गतेका दिन आफ्नो सन्राइज डेबिट÷क्रेडिट कार्ड प्रयोग गरि २ हजार ७८ रुपैयाँ बराबरको बिल भुक्तानी गर्ने ग्राहकलाई २ हजार ७८ रुपैयाँ नै क्यास ब्याक प्रदान गर्ने भएको हो ।

यो योजनाअन्तर्गत क्यास ब्याक प्राप्त गर्न तोकिएको रकम बराबरको कारोबार पोइन्ट अफ सेल, क्युआर कोर्ड वा इ–कमर्शमार्फत नै गर्नु पर्नेछ । यसरी कारोबार गर्ने १०० जना ग्राहकलाई उक्त क्यास ब्याक प्रदान गरिने बैकले जनाएको छ ।

साथै बैंकले नँया वर्षको अवसर पारेर ग्राहकहरुलाई दराज अनलाइनमा १५ प्रतिशत छुट दिने योजना पनि ल्याएको छ । सन्राइज बैंकका ग्राहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि दराज अनलाइनमार्फत इ–कमर्श कारोबार गर्दा कारोबार रकमको १५ प्रतिशत वा अधिकतम १ हजार छुट पाउने छन् भने क्रेडिट कार्ड मार्फत इ–कमर्शमा भुक्तानी गर्दा कारोबार रकमको २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ छुट पाउने छन् । यो योजना २०७७ चैत २९ देखि २०७८ बैशाख ७ गते भित्र गरिने कुनै पनि दराज अनलाइन खरिदमा लागु रहने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x