Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माछापोखरीको तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्युआर कोर्ड सेवा

माछापोखरीको तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्युआर कोर्ड सेवा

काठमाडौं, २७ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी सेवाको सुरूवात गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले व्यवस्थापन गरेको उक्त बजारमा शुक्रबार (आज) नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले क्युआर कोर्डको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै बैंक अफ काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढेको बताए । सोही कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डूलाई धन्यवाद ज्ञापन गरे ।

हाल बैंकले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सोव दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x