Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरी बढ्यो

काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरी बढ्यो

काठमाडौं, ३० चैत । केही दिन सामान्य अवस्थामा फर्किएपनि काठमाडौं उपत्यकामा फेरी वायु प्रदूषण बढेको छ । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ ।

काठमाडौं बाहिर पोखरामा १ सय ८९ एक्यूआई छ । एक्युआई दुई सयभन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ । काठमाडौंपछि बंगलादेशको ढाका, चीनको बेइजिङ र भारतको कोलकातामा प्रदूषण उच्च देखिएको छ ।

यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेका कारणले पनि प्रदूषणको मात्रा बढेको जानकारहरुले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x