Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा रेकर्ड

नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा रेकर्ड

काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०७८ सालको पहिलो कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेले नयाँ उचाई कायम गरेको छ । बिहीबार परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेको छ ।

बजार खुलेसँगै बढ्न थालेको परिसूचक २७५५ को विन्दुसम्म पुगेको थियो । त्यसपश्चात केही तल झरेर बन्द भएको हो । कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये व्यापार र उर्जा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।

कारोबार पनि २ सय १८ कम्पनीको ८ अर्ब ५७ करोड ४६ लाख रुपैयाँको भएको छ। यसमा सबैभन्दा धेरै हिस्सा एनआइसी एसिया लघुवित्तको रहेको छ । लघुवित्तको ४९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस्तै यो दिन सबैभन्दा धेरै कमाउनेमा बेष्ट फाइनान्स कम्पनी रहेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । उसो त नेपाल इन्फ्रास्टक्चर बैंकको पनि शेयर मूल्य एनआइसी एसिया लघुवित्त सहित ७ कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा माथिको बृद्धि छ । गुमाउनेमा भने मल्टिपर्पस फिनास कम्पनी छ । यो कम्पनीको शेयर मूल्य भने ३.६७ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x