सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतको राजीनामा स्विकृत
काठमाडौं, ६ बैशाख । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको राजीनामा स्विृकत भएको छ। बैंक संचालक समितिको आइतबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
गुरुङले बैशाख १७ गतेदेखि लागू हुने गरी गएको महिना नै राजीनामा दिएका थिए । उनले म्यानमारको बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएपछि राजीनामा दिएको बुझिएको छ।