‘एनआईबिएल समृद्धि फण्ड–२’ को इकाइ विक्री खुला
काठमाडौं, १३ वैशाख । नेपाल इन्भेस्टमेन्ट बैंकले ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्र्तगत संचालन हुने चौथो योजनाको रूपमा ‘एनआईबिएल समृद्धि फण्ड-२’ बन्दमुखी योजनाको इकाइ विक्री खुला भएको छ । योजना संचालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले सोमवारदेखि बिहीवारसम्मका लागि सर्वसाधारणलाई इकाइ विक्री खुला गरेको छ । यस योजनाको आकार १ अर्ब २० करोड र यस योजना १० बर्षको अवधि सम्म संचालनमा रहनेछ ।
प्रतिइकाइ मूल्य १० रुपैयाँ दरको १२ करोड इकाइमध्ये बीज पूँजीबापत १० लाख इकाइ योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाइ कोष प्रवद्र्धकका लागि कुल निष्कासनको २० प्रतिशत सुरक्षित राखी बाँकी न्यूनतम ९ करोड ६० लाख इकाइ सर्वसाधारण लगानीकर्ताका लागि विक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजार देखि अधिकतम १२ करोड रुपैयाँसम्म लगानीका लागि आफ्नो सी–आस्बा खाता रहेको बैंक वा मेरो शेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्नेछन् ।