Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा शतप्रतिशतले वृद्धि

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा शतप्रतिशतले वृद्धि

काठमाडौं, १९ वैशाख। सानिमा जनरल इन्स्योरेन्सले गत वर्षभन्दा शतप्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. २ करोड ८९ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ८१ लाख ७० हजार यो नाफा गरेको हो ।

यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरी चुक्तापूँजी रू. १ अर्ब पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १०१ प्रतिशत बढेर रू. ७ करोड ५९ लाख ५५ हजार कायम भएको छ ।

गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी रू. ७० करोड र जगेडा कोष रकम रू. ३ करोड ७७ लाख ७१ हजार थियो । बीमाकोष रकम पनि यस वर्ष ९४ प्रतिशतले वृद्धि भई रु. ८ करोड ५७ लाख २० हजार पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव शून्य ६ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x