Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

रु रु जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

रु रु जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

काठमाडौं, १९ वैशाख । रु रु जलविद्युत् परियोजना लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ आइतबार सूचीकृत भएको हो ।

आज नेप्सेमा सूचिकृत भएको उक्त कम्पनीको शेयर सोमबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ११८ दशमलव ८४ देखि ३५६ दशमलव ५२ तोकेको छ । नेप्सेले पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले आईपीओको बाँडफाँट गत वैशाख ३ गते गरेको थियो । ३७ हजार ९१६ जनाले गोला प्रथामार्फत १० कित्ताका दरले शेयर पाएका थिए । बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता शेयर १० कित्ताभन्दा बढी माग गरी आवेदन दिएका ७ जनालाई १÷१ कित्ताका दरले थप पाएका थिए ।

कम्पनीले निष्कासन गरेको आईपीओमा कुल १६ हजार ८३ हजार १२१ जना आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो ।

कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियसहित प्रतिकित्ता रू। १२० मा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x