Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

विशिष्टिकृत लगानी कोष सञ्चालनका लागि पाँच संस्थाले अनुमति पाए

विशिष्टिकृत लगानी कोष सञ्चालनका लागि पाँच संस्थाले अनुमति पाए

काठमाडौं, २० वैशाख । नेपाल धितोपत्र बोर्डले पाँच वटा संस्थाहरुलाई विशिष्टिकृत लगानीकोष सञ्चालनका लागि अनुमति दिएको छ । ग्लोबल इक्विटी फण्ड, लक्ष्मी क्यापिटल मार्केट, एनआइबिएल एस क्यापिटल , एनआईसी एशिया क्यापिटल र एनएमबि क्यापिटललाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गरेको हो ।

स्वीकृत प्राप्त यी संस्थाहरुलाई आवश्यक पूर्वाधार तयार गर्न बोर्डले निर्देशन दिएको छ । विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न कोष व्यवस्थापकको रुपमा विभिन्न नौ संगठित संस्थाले निवेदन दिएकोमा बोर्डले उक्त नियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने पाँच कम्पनीहरुलाई मात्र अनुमति दिएको जानकारी गराएको छ ।

दोस्रो बजारमा नयाँ वित्तीय औजार थप गर्नका लागि बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो । बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा अन्तरराष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र सञ्चालनका लागि यो नियमावली लागू गरेको जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x