Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

तरकारीबाहेकका दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो, नियन्त्रणको प्रयास भइरहेको छ : विभाग

तरकारीबाहेकका दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो, नियन्त्रणको प्रयास भइरहेको छ : विभाग

काठमाडौं, २७ वैशाख । निषेधाज्ञापछि बजारमा तरकारीबाहेक दैनिक उपभोग्य अन्य वस्तुको मूल्य भने चर्को रूपमा बढेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति रहेको बताइरहे पनि प्रभावकारी रूपमा बजार अनुगमन नहुँदा कृत्रिम अभाव सृजना गरेर यस्ता वस्तुको मूल्य बढाइएको छ । यसले निम्न र मध्यम वर्गीय उपभोक्ता बढी मारमा परेका छन् ।

निषेधाज्ञापछि मुख्यरूपमा दाल, चामल र तेलसँगै चिनी, गेडागुडी लगायत खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरू भएको केही दिनमै चामलको मूल्य बोरा ५०० रुपैयाँसम्म बढेको छ । एक महिनाअघि ७० रुपैयाँ पाइने सेतो केराउको मूल्य हाल १४० सम्म पुगेको छ भने खाने भने तेलको मूल्य प्रतिलिटर ३० देखि ४० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै हाल उपभोक्ताले भटमास तेलको प्रतिलिटर २७० रुपैयाँ, सूर्यमुखी तेलको २८० र तोरीको तेलको खुद्रा मूल्य ३०० रुपैयाँसम्म तिर्नुपरेको छ । व्यापारीहरूले भारतबाट आयात प्रभावित हुँदा त्यसको असर मूल्यमा परेको बताएका छन् । नेपाल खुद्रा व्यापार संघले थोकमै मूल्य बढेर आएकाले चामल, दाल, चिनी, गेडागुडी लगायतको खुद्रा मूल्य बढ्न पुगेको बताएको छ ।

संघका अनुसार अहिले गेडागुडीको मूल्य प्रतिकेजी १० प्रतिशत, दालको मूल्य प्रतिकेजी १० रुपैयाँ र चिनीको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेको छ । मूल्यवृद्धिको विषयमा नेपाल चामल, तेल, दाल उत्पादक संघसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने उपभोग्य वस्तुको उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणका लागि पहल भइरहेको बताएको छ । विगत महिनादेखि नै हुँदै आएको खाद्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न विभागले काम गरिरहेको भन्दै विभागका निर्देशक शिवराज सेढाईंले बताए । यद्यपि यसका लागि विभागको एकल प्रयासले मात्र सम्भव नहुने उनको भनाइ छ ।

अन्य खाद्यवस्तुको मूल्य बढे पनि मागमा आएको कमीले काठमाडौंमा तरकारीको मूल्य घटेको केही घटेको छ । निषेधाज्ञा लागू भएपछि उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले कमी आएको छ । सामान्यतया तरकारीको आपूर्ति घटेपछि मूल्यवृद्धि हुने गरेकोमा निषेधाज्ञाअघि लाखौं मानिस बाहिरएकाले विक्री घट्दा तरकारीको उपभोक्तामा मूल्यमा पनि कमी आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x