Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सोमबार सुनको मूल्य ९२ हजार पुग्यो

सोमबार सुनको मूल्य ९२ हजार पुग्यो

काठमाडौं, २६ वैशाख । सोमबार नेपालमा छापावाल सुनको मूल्‍य प्रतितोलामा ९२ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेर मूल्‍य ९२ हजार रुपैयाँ पुगेको हो ।

आइतबार सुनको मूल्‍य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ५१ हजार ५ सय रुपैयाँ पुगेको छ ।

सोमबार चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य निर्धारण तोकेपनि निषेधाज्ञाले सुनको कारोबार ठप्प छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x