एनएमबिका ग्राहकले केवाईसी विवरण अनलाइनबाटै अपडेट गर्न सक्ने
काठमाडौं, १ जेठ । एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी अपडेट गराउँन सक्ने भएका छन् । यो सेवाको सुरूवातसँगै बैंकका ग्राहकहरूले घरमै बसेर केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्ने भएका हन् ।
ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरमार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् ।
ग्राहकहरुले मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दा माथी उठेर बैंकमा नगई मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्ने बैंकले जनाएको छ ।