लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ मा
काठमाडौं, ३ जेठ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा जेठ २८ गते हुने भएको छ । कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।
उक्त सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । यस्तै सभाले गत आर्थिक वर्ष २०७६–० ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका जेठ १४ एक दिन बन्द हुनेछ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।