Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कृषिक्षेत्रमा ३५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह

कृषिक्षेत्रमा ३५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह

काठमाडौं, ११ जेठ । मुलुकको कृषिक्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह उल्लेख रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले कृषिक्षेत्रमा ३५.७ प्रतिशतले कर्जा प्रवाह बढाएका हुन् ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह औद्योगिक उत्पादन क्षेत्र १७ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२.७ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १३.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतफ २०.८ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १६.८ प्रतिशतले वृद्धि भएको छ ।

चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । गत आवको चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७.५ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २०.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२.४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८२.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४०.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x