Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आज गणतन्त्र दिवस : विभिन्न माध्यमबाट कार्यक्रम गरी मनाइँदै

आज गणतन्त्र दिवस : विभिन्न माध्यमबाट कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा आज (शनिवार) विभिन्न माध्यमबाट कार्यक्रम गरी देशभर यो दिवस मनाइँदै छ । कोभिड संक्रमणको जोखिम, निषेधाज्ञा लगायतका कारण भौतिक रूपमा औपचारिक कार्यक्रम गर्न नसकिने परिस्थितिमा भर्चुअल र विभिन्न अनौपचारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना भएको थियो । यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । र, संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो, जस अनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x